१७ श्रावण २०७८, आईतवार
गृह एमालेले कोरोना फैलाउन लाग्यो, बाँदरे जुलुसबाट कोरोनाको रोपाइँ गरिंदैछः रामनारायाण बिडारी(भिडियो)
एमालेले कोरोना फैलाउन लाग्यो, बाँदरे जुलुसबाट कोरोनाको रोपाइँ गरिंदैछः रामनारायाण बिडारी(भिडियो)

काठमाडौं। राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको बिहीबारको बैठकको बिशेष समयमा बोल्दै सांसद विडारीले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाए।


सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले सडक प्रदर्शनलाई तीव्र पारेका छन् । त्यसतर्फ लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरे।

कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्र्म याली र्गया छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’

Facebook Comments

हरेक खबर खास खबर