८ कार्तिक २०७८, सोमबार
गृह सांसद स्नेहीको प्रश्नः बिजय गच्छादार रिहा भए, इटाभट्टमा जिउँदा मान्छे जलाउने माननीय कहिले रिहा हुन्छन्?
सांसद स्नेहीको प्रश्नः बिजय गच्छादार रिहा भए, इटाभट्टमा जिउँदा मान्छे जलाउने माननीय कहिले रिहा हुन्छन्?

काठमाडौं। राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले जनादेशबाट नभइ परमादेशकबाट आएको देउवा सरकारप्रति कटाक्ष गरेका छन्।

बिहीबार बसेको राष्ट्रियसभाको विशेष समयमा बोल्दै स्नेहीले यस्तो बताएका हुन्। देशलाई न्यायीक निकायहरुले दल बिहीन अवस्थामा पुर्याएको उनले बताए।


दलबाट निर्वाचित भएका सांसदहरुमा ह्वीप पनि नलाग्ने? भन्दै उहाँले राजनीतिक दलहरुको औचीत्य नभएको बताए।

यस्तै सांसद स्नेहीले डेढ बर्षसम्म हराएका बिजयकुरमा गच्छादार पमादेशको सरकार बनेको भोलीपल्ट अदालतमा आएर १० लाख धरौटीमा रिहा भएको भन्दै ललित नवासका सदन गुञ्जायमान बनााउने माननीयहरु यतिबेला कहाँ छन् भन्दै प्रश्न गरे।

ललिता निवास जग्गा प्रकरणकणमा ९ करोड ६५ लाग बिगो माग गरिएका गच्छादार देउवा प्रधानमन्त्री भएको भोलीपल्ट रिहा भएका थिए। सांसद स्नेहीले इटाभट्टमा जिउँदा मान्छे जलाउने माननीय कहिले रिहाइ हुन्छन् भन्दै प्रश्न गरे।

यसतै उनले डडेल्धुराको परशुराम नगरपालिका वडा नं ८ स्थित स्वास्थ्य चौकीमा कार्यरत अस्मीता धामीको हत्याको अनुसन्धान कहाँ पुग्यो भन्दै गृहमन्त्रीसँग जवाफ मागे।

यस्तै सांसद स्नेहीले भूमि एन.अन्तरगत नेपालमा लाखौं नेपली जनता भूमिहर अब्यबस्थित रुपमा बसिरहेको सम्रण गराउँदै भूमी सम्बन्धी समास्या समाधान गर्न बनेको भूमि समस्या समाधान आयोगलाई वर्तमान सरकारले विघटन गर्ने मनसायमा पुगेको भन्दै आपत्ति जनाए।

Facebook Comments

हरेक खबर खास खबर