१७ श्रावण २०७८, आईतवार
गृह जसपा आधिकारिकता विवादः आयोगले कार्यकारिणी सदस्यलाई बोलायो, यादव पक्षको सम्भावना बलियो
जसपा आधिकारिकता विवादः आयोगले कार्यकारिणी सदस्यलाई बोलायो, यादव पक्षको सम्भावना बलियो

काठमाडौं।  निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्त संलग्न ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको आयोग बताईएको छ।


जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए।

त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो।

छलपलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रुपमा आधिकारिकता विवाद समाधान गर्न लागेको हो।

जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ। जसमा उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दावी गरेको छ।

यसअघि केपी शर्मा ओलीको सरकार हुँदा छोटो समय सत्ता साझेदारी गरेको महन्थ ठाकुर पक्षले आफ्नो पक्षमा १९ सांसद र्पुयाएको थियो।

तर ठाकुर पक्ष र ओलीको सत्ता बहिगर्मनपछि कांग्रेस/माओवादसहितको पाँच दलीय गठबन्धन सत्तामा पुग्दाको फाइदा यादव पक्षलाई भएको छ।

यस्तोमा आयोगबाट यादव पक्षले आधिकारिकता पाउने सम्भावना पनि बलियो छ।

Facebook Comments

हरेक खबर खास खबर