९ कार्तिक २०७८, मंगलवार
गृह कांग्रेस पदाधिकारी बैठक बस्दै, गाउँ स्तरको अधिवेशन प्रभावित हुने सम्भावना
कांग्रेस पदाधिकारी बैठक बस्दै, गाउँ स्तरको अधिवेशन प्रभावित हुने सम्भावना

काठमाडौं। नेपाली काँगेसको पदाधिकारी बैठक आज बस्देछ।

बैठक आज बिहान ९ बजे पछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


सभापति देउवाले १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको सचिव पौडेलले बताए। कांग्रेसमा क्रियाशिल सदस्यताको विवाद समाधन हुन सकेको छैन।

जसका कारण वडा र गाउँपालिका स्तरको अधिवेशन तालिका प्रभावित हुने देखिएको छ। केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी तल्लो तहका अधिवेशन सार्ने कांग्रेसको तयारी छ।

Facebook Comments

हरेक खबर खास खबर