९ कार्तिक २०७८, मंगलवार
गृह प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। संघिय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

आज दिउँसो १ बजे बस्ने बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ।

 

Facebook Comments

हरेक खबर खास खबर