९ कार्तिक २०७८, मंगलवार
गृह शितल निवासमा राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेट
शितल निवासमा राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं। सरकारबाट बाहिरिएपछि नेकपा एमालेको अध्यक्ष तथा पूर्व प्रधानमन्त्र केपी शर्मा ओली र राष्ट्रपति विद्यादेव भण्डारीबीच भेटवार्ता भएको छ।

शुक्रबार बिहान साढे ११ बजेतिर ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।


राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीबीच झन्डै ४५ मिनेट समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए।

प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलो पटक राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन्।

Facebook Comments

हरेक खबर खास खबर