९ कार्तिक २०७८, मंगलवार
गृह डडेल्धुरामा घर पुर्योइदिने बाहानामा बीचबाटोमै किशोरी माथि बलात्कार
डडेल्धुरामा घर पुर्योइदिने बाहानामा बीचबाटोमै किशोरी माथि बलात्कार

डडेल्धुरा। डडेल्धुरामा एक किशोरीमाथि घर पुर्याइदिने बाहानामा बीचबाटोमै बलात्कार भएको खुलेको छ।

जिल्लाको जिल्लाको आलिताल गाउँपालिका–६ कि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दका अनुसार पक्राउ पर्नेमा परशुराम नगरपालिका–५ परिगाउँको २३ वर्षीय विपिन भट्टराई र डोटीको जोरायल गाउँपालिका–२ बुडरको २३ वर्षीय आकाश मल्ल रहेका छन्।

चन्दकाअनुसार डोटीको जोरायल गाउँपालिका–२ बुडरबाट ती युवतीलाई घर पु¥यादिन्छु भनि लगेर बीचबाटोमै बलात्कार गरेको युवतीले बताएकि छन्।

बलात्कार गरेको युवतीले प्रहरीमा मुद्दा दर्ता गरेपछि ती दुई युवकलाई साउन ५ गते पक्राउ गरिएको चन्दले बताए।

Facebook Comments

हरेक खबर खास खबर