९ कार्तिक २०७८, मंगलवार
गृह कांग्रेसको वडा अधिवेशन स्थगित, महाधिवेशन कार्यतालिका पनि प्रभावित
कांग्रेसको वडा अधिवेशन स्थगित, महाधिवेशन कार्यतालिका पनि प्रभावित

काठमाडौं। नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ। यसअघि देशभर वडा अधिवेशन साउन १२ गतेका लागि तोकिए पनि आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो।

प्रवक्ता शर्माले साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको तर कहिले गर्ने भन्नेमा पछि मात्रै निर्णय हुने जानकारी दिए।


प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताए।

वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ। कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर