९ कार्तिक २०७८, मंगलवार
गृह रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात
रसुवागढी नाकाबाट पहिलो पटक जुम क्रेन आयात

नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो।


रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८÷७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुई वटा ठूलो क्रेन आयात भएको हो।

भन्सार हातामा प्रवेश भएका दुईवटा मेसिनमध्ये एउटा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र एउटा भन्सार हाताबाट लाने तयारी भइरहेको छ।

चिनियाँ मोडेलको उक्त मेसिन प्रतिवटा ९० हजार अमेरिकी डलर बराबर हुन आउने रकम भन्सार मूल्य कायम भएको सूचना अधिकारी चौधरीले बताए।

रसुवागढी नाका सञ्चालन भएयता यस्ताखाले मेसिन सीमाक्षेत्रको लेहेन्दे खोला मितेरी पुलबाट पहिलो पटक नेपाल भित्रिएको भन्सार कर्मचारीले बताए।

Facebook Comments

हरेक खबर खास खबर