९ कार्तिक २०७८, मंगलवार
गृह निर्वाचन आयोगमा बहुमत सदस्यसहित उपस्थित यादव पक्षको निर्णय
निर्वाचन आयोगमा बहुमत सदस्यसहित उपस्थित यादव पक्षको निर्णय

काठमाडौं। जसपा उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ।

पार्टी कार्यालय बालकुमारीमा आज बसेको यादव पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरूलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा उपस्थित हुन निर्देशन पनि दिएको छ।


आजको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफूहरुसँग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए।

त्यस्तै जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो।

बैठकमा संसदीय दलबाट पारित संसदीय दलको विधान प्रस्तुत भएको उनले बताए। विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको यादवले जानकारी दिए।

कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया शुरू हुने यादवले बताए।

Facebook Comments

हरेक खबर खास खबर