११ कार्तिक २०७८, बिहीबार
गृह बिसीए खारेज गरेर बुङ्गल क्रीकेट क्लब गठन
बिसीए खारेज गरेर बुङ्गल क्रीकेट क्लब गठन

बझाङ। बुङ्गल क्रीकेट एसोसिएसन (बिसीए) खारेज गरेर बुङ्गल क्रीकेट क्लब गठन गरिएको छ। शनिबार संस्थाका बोर्ड सदस्य नरेश कुवँर,आर बिक्रम ओखेडा,सुरेश ओखेडा र करन भण्डारीको बैठकले उक्त संस्था खारेज गर्ने निर्णय गरेको जानकारी गराएका हुन्।

साथै आइतबार नयाँ संस्थाका रूपमा बुङ्गल क्रीकेट क्लब गठन गरेर २६ सदस्यीय कार्यसमिति बनाइएको छ। अध्यक्ष किरन कुवँरले सूचना जारी गर्दै आगामी कार्तिक ३ गतेदेखि २०७८ सालको बुङ्गल क्रीकेट क्लब सुपर कप गर्ने घोषणा गरेका छन्।


कानुनी प्रकृया पूरा गरेर क्रीकेटमा योगदान दिने उदेश्यले संस्था गठन गरिएको अध्यक्षले बताए। यसअघि बुङ्गल क्रीकेट एसोसीएसन कम्पनीको रूपमा रहेको थियो।

सो कम्पनीलाई कानुनी जटिलताका कारण जिल्ला क्रीकेट संघ बझाङको परिपत्र अनुसार बन्द गर्नुपर्ने भएकाले बोर्ड सदस्यको बैठकले खारेज गर्ने निर्णय गरेको बताएका छन्।

बिसिएले विगत लामो समय देखि बुङ्गलमा क्रीकेट कप संञ्चालन गर्दै आएको थियो। पछिल्लो समय संस्थाको नेतृत्व चयन,वैधानिकता र आर्थिक विषयमा प्रश्न उठेका थिए। विवादित बनेको सो संस्था अन्ततः खारेजीको अवस्थामा पुगेर नयाँ क्लब गठन गरिएको छ।

No description available.No description available.

Facebook Comments

हरेक खबर खास खबर