११ कार्तिक २०७८, बिहीबार
गृह निजी अस्पतालहरुमा लगानी बढाइरहेका कांग्रेस सांसद श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी
निजी अस्पतालहरुमा लगानी बढाइरहेका कांग्रेस सांसद श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री शेर बहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री बनाएका छन्। प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकि हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफैले राखेर प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाएका हुन्।


स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका व्यवसायी श्रेष्ठलाई स्वार्थ बाँझिनेगरि स्वास्स्थ राज्यमन्त्री नियुक्त गरिएको हो।

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बढी हुने भएकाले देउवाले तत्काल काम चलाउन श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका हुन्।
नवनियुक्त स्वास्थ्यमन्त्री श्रेष्ठलाई आजै प्रधानमन्त्री देउवाले सिंहदरबारमा सपथ गराएका छन्।

सपथ लगत्तै श्रेष्ठले सरकारी अस्पताल राम्रो बनाउने र कोरोना खोप पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

प्रधानमन्त्रीले राज्यामन्त्रीमा श्रेष्ठलाई सपथ खुवाएसँगै प्रधानमन्त्री देउवाको आलोचना शुरु भएको छ। विज्ञ र नागरिक समाजका तर्फबाट योग्य र इमानदार व्यक्तिलाई मन्त्री बनाउन माग भैरहेका बेला प्रधानमन्त्री देउवाले स्वार्थ बाझिने व्यक्तिलाई राज्यमन्त्री बनाएको भन्दै उनको आलोचना भएको हो।

नेपाली कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ लिटल एन्जल्स स्कूलका सञ्चालक हुन्। उनले पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहेका छन्। उनले अस्पतालको चेन बनाउने भन्दै केही समय अघि ५० करोड रुपैयाँ लगानी गर्ने घोषणा गरेका थिए।

जनमैत्री, महेन्द्रनारायण निधि अस्पतालमा श्रेष्ठको लगानी छ।

श्रेष्ठको नियुक्तीसँगै मन्त्रिपरिषद ६ सदस्यीय भएको छ। गठबन्धनमा रहेका दलले सरकारमा पठाउने व्यक्ति छनौट गर्न नसकेपछि प्रधानमन्त्रीले देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

Facebook Comments

हरेक खबर खास खबर