१ आश्विन २०७८, शुक्रबार
गृह तीज गीत ओइ ओइ लालुमै बजारमा (भिडियाे)
तीज गीत ओइ ओइ लालुमै बजारमा (भिडियाे)

यस बर्षको तीज नजिकिदै जादाँ विभिन्न तीजका गीत आउन सुरु भएको छ। बिगत २ दशक देखि नेपाली गीत संगीत क्षेत्रमा उत्कृष्ट गीत वजारमा ल्याएर दर्शक स्रोताको मन जित्न सफल पशुपती म्युजिक प्रा लि ले यस बर्षको तीज गीत ओइ ओइ लालुमै बजारमा ल्याएको छ।

नेत्र अर्यालको शब्द तथा खेम सेन्चुरीको लय सृजना रहेको ओई ओई लालुमै बोलको गीत खेम सेन्चुरी र देवी घर्ती मगरको स्वरमा भिडियो सहित सार्वजनिक भएको हो।


यस गीतमा नेपाली सांगीतिक क्षेत्रका चर्चित कलाकार द्वय शंकर विसी र अन्जली अधिकारीको दमदार अभिनय तथा नृत्य हेर्न सकिन्छ। पशुपती म्यूजिकको यूटुव च्यानल मार्फत शुक्रबार सार्वजनिक यस गीतको संगीत संयोज न बिनोद बाजुरालीको रहेको छ।

माया प्रेमको भाव अभिव्यक्त गीतको भिडियोलाई कलाकार शंकर विसीले नै निर्देशन गरेका हुन् जसमा कलाकार विसी स्वयंको कोरियोग्राफी पनि रहेको छ।

दुर्गा पौडेलको छायांकनमा निर्माण भएको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन्। गीतमा व्यबसायीकताका लागि रमाईलो मात्र भन्दा पनि मौलिकता झल्काईएको गीतका प्रोडुसर शिबराज पौडेलले बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर