८ कार्तिक २०७८, सोमबार
गृह महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
महाधिवेशनबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने पदाधिकारी बैठक आशन्न १४ औं महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन्।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता धर्ना र आमरण अनसनमा बसेका छन्। कांग्रेसले क्रियाशील सदस्यता विवाद हालसम्म हल गर्न सकेको छैन।


आजको बैठकमा रमेश लेखक नेतृत्वमा रहेको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउने बताइएको छ। देशभरका १२५ वडामा क्रियाशील सदस्यता विवाद रहेको छ।

Facebook Comments

हरेक खबर खास खबर