९ कार्तिक २०७८, मंगलवार
गृह मध्यपहाडी लोकमार्ग निर्माणमा अनियमितताः निर्माण व्यवसायी महासंघका अध्यक्ष सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मध्यपहाडी लोकमार्ग निर्माणमा अनियमितताः निर्माण व्यवसायी महासंघका अध्यक्ष सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष रवि सिंहसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणका क्रममा अनधिकृत रूपमा रकम लिएर भ्रष्टाचार गरेको सिंहसहित ५ जनाविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।


राजमार्ग योजना अन्तर्गत चेनेज ४२ं००० देखि ८८ं५५०० खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्दै तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनाविरुद्ध बिगो रकम मागसहित मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिउको छ।

उक्त ठेक्कामा निर्माण स्थलमा भएको कामको वास्तविक अवस्था उल्लेख नगरी फरक ब्यहोराको भेरिएशन पेश गरिएको भन्दै त्यतिखेर कार्यरत इञ्जिनियर दीपककुमार खड्का, सव–इन्जिनियर गजेन्द्रप्रसाद राउत, तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयाल र महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवी सिंहमाथी मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिमालले जानकारी दिए।

सार्वजनिक खरिद नियमावली अनुसार भेरिएशन नगराई, इृष्टिमेटविपरीत विना कुनै निर्णय फिल्डमा काम गरीरगराई, फिल्डमा भएको परिमाणभन्दा बढीको नापी किताब तयार पारेर रकम लिएको देखिएको रिमालले बताए।

बिजय चापागाईसमेत मिति २०७८।०४।१२
Facebook Comments

हरेक खबर खास खबर