९ कार्तिक २०७८, मंगलवार
गृह लुम्बिनीका ३ सांसदलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय
लुम्बिनीका ३ सांसदलाई पार्टीबाट निष्कासन गर्ने जसपाको निर्णय

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका आफ्ना ३ सांसदलाई निष्कासन गरेको छ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।


पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो। तर सर्वोच्च अदालतले उनीहरुको पद थमौती गरेको थियो।

उनीहरु अहिले लुम्बिनी सरकारका मन्त्री छन्। पाण्डेय भौतिक पूर्वाधार विकास मन्त्री, यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कल्पना पाण्डेय उद्योग वन तथा वातावरण मन्त्री छन्।

त्यस्तै जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको राईले बताए।

समितिको बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ। त्यस्तै नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर