११ कार्तिक २०७८, बिहीबार
गृह बलात्कार अभियोगको मुद्दामा पूर्वसभामुख महराले उच्च अदालतबाट पाए सफाइ
बलात्कार अभियोगको मुद्दामा पूर्वसभामुख महराले उच्च अदालतबाट पाए सफाइ

काठमाडौं। संसद सचिवालयकै एक कर्मचारीलाई जवरजस्ती करणी अभियोगमा चलेको मुद्दामा नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन्।

उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माका अनुसार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतकै निर्णयलाई सदर गरेको हो।


उच्च अदालतले आज मुद्दाको सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरिदिएको हो।

यससँगै अब महरालाई संवैधानिक पदहरुमा फर्किने बाटो पनि खुलेको छ। तत्कालीन अवस्थामा प्रतिनिधिसभाको सभामुख रहेको बेला संसद सचिवालयकै एक महिला कर्मचारीले दिएको उजुरीका आधारमा महरा पक्राउ परेका थिए।

जबरजस्ती करणी आरोप लागेपछि महराले २०७६ असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।

त्यसपछि उनलाई प्रहरीले असोज १९ मा सरकारी निवासबाटै पक्राउ गरेर मुद्दा चलाएको थियो।

उक्त मुद्दामा महरा ५ महिनासम्म डिल्ली बजार कारागारमा थुनामा बस्नुभएका महरा २०७६ फागुन ५ गते काठमाडौं जिल्ला अदालतले सफाइ दिएपछि उहाँ कारागार मुक्त भएका थिए।

Facebook Comments

हरेक खबर खास खबर