९ कार्तिक २०७८, मंगलवार
गृह मेमोरि किङ भनि चर्चीत भएका बिजय शाहीको मृत्युको हल्ला, घरमै भेटिए शाही
मेमोरि किङ भनि चर्चीत भएका बिजय शाहीको मृत्युको हल्ला, घरमै भेटिए शाही

काठमाडौं। आफुलाई मेमोरि किङ दावी गरि चर्चामा आएका विजय शाहीको मृत्यूको खबर सामाजक सञ्जालमा भाईरल भएको छ।
झुटो खबर सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रहरीले शाहीलाई कालिकोटस्थित उनकै घरमा फेला पारेको छ।

कलिकोटको महावै गाउँपालिका वडा नं. ५ घर भएका शाहीको मृत्युको झुटो हल्ला फैलाईएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी चक्रबहादुर शाही बताए।


सामान्य विरामी भएर अस्पताल गएका शाही घरमा आइसकेका छन्।

विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले सुरुमा फोटो सहितको खबर समाजिक सञ्जाल फेसबुकमा पोष्ट्याउका थिए। अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको उनले उल्लेख गरेका थिए।

त्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याएका छन्।

सामाजिक सञ्जालमा भाईरल तस्बिर

Facebook Comments

हरेक खबर खास खबर