८ कार्तिक २०७८, सोमबार
गृह बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, पाउला त मन्त्रीपरिषद्ले पूर्णता?
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, पाउला त मन्त्रीपरिषद्ले पूर्णता?

काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनकोबैठक बसिरहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुधबार विहान ९ बजेबाट प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक भइरहेको बताए।

बैठकमा गठबन्धन दलका शिर्ष नेताहरु सहभागि भएका छन्।


सरकार बनेको दुई साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। काँग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र माओवादीबाट अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसालले जिम्मेवारी पाएका छन्। बाँकी मन्त्रालय प्रधानमन्त्री आफैले सम्हालेको अवस्था छ।

प्रधानमन्त्रीले गठबन्धनमा रहेका सबै शीर्ष नेतासँग मन्त्रिमण्डल विस्तार गर्न आन्तरिक गृहकार्य अगाडि बढाएको देखिन्छ।

सत्तारुढ गठबन्धनमा रहेका एमालेका वरिष्ठ नेता माधव नेल समूहको निर्णय कुर्दा र जसपाको आधिकारिकता विवादले मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको थियो।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएसँगै मन्त्रिमण्डल विस्तारको गृहकार्य तीव्र बनेको छ। तर नेपाल समूहलाई समावेश गरेर मन्त्रिमण्डललाई पूर्णता दिनुपर्नेमा जोड गरिरहे पनि नेपाल समूहले अझै कुनै निर्णय दिन सकेको छैन।

Facebook Comments

हरेक खबर खास खबर