९ कार्तिक २०७८, मंगलवार
गृह जसपा कार्यकारिणी समिति बैठक आज पनि बस्दै
जसपा कार्यकारिणी समिति बैठक आज पनि बस्दै

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा) कार्यकारिणी समिति बैठक आजपनि बस्दैछ।

केन्द्रीय कार्यकारिणी समितिलाई पूर्णता दिनका लागि आज बैठक बस्न लागेको हो। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिबाट महन्थ ठाकुरसहित १७ जनालाई हटाइएको छ। उनीहरुको ठाउँमा आज नयाँ सदस्य थप्न बैठक बस्न लागेको हो।


आज दिउसो १ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्ने केन्द्रीय कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राई जनाएका छन्। कार्यकारिणी समितिको बैठक मंगलबार पनि बसेको थियो। मंगलबारको बैठकले लुम्किनी प्रदेश सरकारमा सहभागी ३ नेताहरुलाई निष्कासन गर्ने निर्णय गरेको थियो।

जसपाको आधिकारिकताका लागि सनाखत गर्दा यादवको पक्षमा ३४ र ठाकुरको पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका थिए।

रेशम चौधरी तटस्थ बसेका थिए। बुधबार बसेको बैठकले ठाकुरसहित १६ र तटस्थ बसेका चौधरीलाई पनि हटाएको हो।

Facebook Comments

हरेक खबर खास खबर