११ कार्तिक २०७८, बिहीबार
गृह टोकियो ओलम्पिकः पौडीमा गौरिकाले आज खेल्दै
टोकियो ओलम्पिकः पौडीमा गौरिकाले आज खेल्दै

काठमाडौं। टोकियो ओलम्पिकबाट गौरिका सिंहले आज आफ्नो चुनौती पेस गर्नेछिन्।

१३औं सागमा कीर्तिमानी चार स्वर्ण पदक जितेकी गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्।


गौरिकाको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान छ।

पौडीकै एलेक्जेन्डर शाहले मंगलबार पुरुषको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए पनि हिट चरण पार गर्न सकेनन्।

Facebook Comments

हरेक खबर खास खबर