९ कार्तिक २०७८, मंगलवार
गृह बालुवाटारमा गठबन्धन बैठकः गठबन्धन छाड्ने चित्रबहादुर केसीको चेतावनी
बालुवाटारमा गठबन्धन बैठकः गठबन्धन छाड्ने चित्रबहादुर केसीको चेतावनी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन छाड्ने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा उनले एमसीसीको विरोध गरेका थिए। यस्तै संघीयताको विषयमा पनि उनको विरोध रहेको थियो।

बैठकमा केसीले नेपाली जनता कोभिडविरुद्धको खोप नपाएर अकालमा ज्यान गुमाउन बाध्य भइरहेको अवस्थामा गठबन्धनको सरकार गम्भीर बन्न नसकेको बरु एमसीसीलाई अघि बढाउने ध्याउन्नमा लागेको भन्दै विरोध गरेको एक नेताले बताए।


उनले गठबन्धनले सधैं संघीयताकै रटान लगाउने र एमसीसीकै कुरा गर्ने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए।

‘गठबन्धन खाली संघीयता र एमसीसीको पछि लाग्ने हो भने हामी प्रतिपक्षमा बस्छौँ’, केसीको भनाइ थियो।

Facebook Comments

हरेक खबर खास खबर