९ कार्तिक २०७८, मंगलवार
गृह सांसद पदमा पुनर्वहालीको माग गर्दै पूर्वमाओवादी ४ नेता सर्वोच्च पुगे
सांसद पदमा पुनर्वहालीको माग गर्दै पूर्वमाओवादी ४ नेता सर्वोच्च पुगे

काठमाडौं। पूर्वमाओवादीका चार नेताले सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

माओवादी केन्द्रको कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगेका हुन्।


गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै उनीहरु अदालत गएका हुन्।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेका बेला एमाले प्रवेश गरेका सांसदहरुलाई माओवादी केन्द्रले कारवाही गरेको थियो।

यसअघि तीनै ४ नेताहरुले माओवादी केन्द्रले पार्टीको महाधिवेशन नभएको भन्दै पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए।

Facebook Comments

हरेक खबर खास खबर