९ कार्तिक २०७८, मंगलवार
गृह टोकियो ओलम्पिकः गौरिका सिंहले राखिन् राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिकः गौरिका सिंहले राखिन् राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन्। बुधबार भएको महिला १०० मिटर फ्रि– स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १ मिनेट ०.११ सेकेन्डमामा पूरा गर्दै किर्तीमान राखेकि हुन्।

उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन्। गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ०.६२सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।


त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटि प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन्।

समग्रमा ५१ खेलाडी रहेको यस स्पर्धाबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउनेछन्। गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ।

गौरिकाले २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भने कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी थिइन्।

Facebook Comments

हरेक खबर खास खबर