११ कार्तिक २०७८, बिहीबार
गृह माधव नेपाललाई सरकारमा सहभागी हुन २२ सांसदको दबाब
माधव नेपाललाई सरकारमा सहभागी हुन २२ सांसदको दबाब

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई सरकारमा सहभागी हुन उनी पक्षीय सांसदहरूले दबाब दिएका छन्।

आज नेता नेपालसँग छलफलमा जुटेका २२ जना सांसदहरूले वर्तमान देउवा नेतृत्वको सरकारमा आफ्नो समूह सहभागी हुनुपर्ने भन्दै दबाब दिएका हुन्।


छलफलमा सहभागी सांसद मेटमणि चौधरीले आफ्नो समूहका सबै सांसदहरूले सरकारमा सहभागी हुन नेता नेपाललाई सुझाव दिएको बताए।

एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा रहेका छन्।

तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेका छन्।

बैठकमा एमाले संसदीय दलको नेता समेत फेर्नुपर्ने माग उठेको थियो।

Facebook Comments

हरेक खबर खास खबर