९ कार्तिक २०७८, मंगलवार
गृह राष्ट्रिय सरोकार प्रतिवेदन पेश
राष्ट्रिय सरोकार प्रतिवेदन पेश

काठमाडौं। राष्ट्रियसभामा राष्ट्रिय सरोकार तथा समन्वय समितिको २०७७÷७८ को वार्षिक प्रतिवेदन पेश गरिएको छ।

राष्ट्रियसभाको आजको बैठकमा समितिका सभापति दिलकुमारी रावलले समितिको वार्षिक प्रतिवेदन पेश गरेकि हुन्। समितिले कोभिड–१९ महामारीसँग जुध्न सरोकार पक्षसँग छलफल गर्न आवश्यक निर्देशन दिएको थियो।


समितिले अघिल्लो आर्थिक वर्षमा कोभिडको प्रभाव र आगामी रणनीतिबारे सरोकारविज्ञसँग छलफल गरेको थियो। कतिपय पूर्वनिर्धारित कार्यक्रम महामारीका कारण सम्पन्न गर्न नसकिएको सभापति रावलले जानकारी दिईन्।

एक वर्षका अवधिमा समितिका २५ बैठक र समिति मातहतका उपसमितिका २७ बैठक बसेका थिए।

राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजनसम्बन्धी नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ पारित गर्ने कार्यसूची रहे पनि हटाइएको थियो।

राष्ट्रियसभाको अर्को बैठक यही साउन १८ गते अपराह्न १ः०० बजे बस्नेछ।

Facebook Comments

हरेक खबर खास खबर