९ कार्तिक २०७८, मंगलवार
गृह नियमित पार्टी कार्यलय आउन थाले ओली, स्थायी कमिटीको बैठक शुक्रबार बस्दै
नियमित पार्टी कार्यलय आउन थाले ओली, स्थायी कमिटीको बैठक शुक्रबार बस्दै

काठमाडौं। विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ।

शुक्रवारका लागि बैठकको तयारी भएको एमाले पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।


प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई सोधिएको स्पष्टीकरणबारे बैठकमा छलफल हुने एमाले स्रोतले बताएको छ।

उता अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा नेता कार्यकर्तासँग छलफल गरेका छन्।

प्रधानमन्त्रीबाट हटेपछि ओली आजदेखि नियमित पार्टी कार्यालयमा आउन थालेको भएको तामाङले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर