११ कार्तिक २०७८, बिहीबार
गृह कांग्रेसको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
कांग्रेसको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकाी तथा पूर्व पदाधिकारीहरुको बैठक आजपनि बस्दैछ। पार्टीको छलफल महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत हुने बताईएको छ।

बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बोलाइएको प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बैठकमा १४ महाधिवेशनको तयारीका विविध विषयमा पनि छलफल हुने उनले बताए।


नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गरिरहेको छ। निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो।

सोहीअनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको स्वकीय सचिव देउवाले जानकारी दिए।

कांग्रेसले आगामी भदौ १६ गतेदेखि काठमाडौंमा १४ महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । सभापति देउवा पक्षले कोभिड समस्या तथा पार्टीको आन्तरिक सांगठनिक समस्याका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडान राख्दै आएको छ ।

Facebook Comments

हरेक खबर खास खबर