९ कार्तिक २०७८, मंगलवार
गृह मध्य भोटेकोशी जलविद्युतको आईपीओमा ३१ हजार बढि आवेदन
मध्य भोटेकोशी जलविद्युतको आईपीओमा ३१ हजार बढि आवेदन

काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा बुधबार साँझसम्ममा ३१ हजार भन्दा धेरै आवेदकले आवेदन दिएका छन्।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका बुधबार साँझसम्ममा ३१ हजार ५ सय जना आवेदकबाट ६६ करोड ६९ लाख १५ हजार ३ सय रूपैयाँ बराबरको ६६ लाख ६९ हजार १ सय ५३ कित्ताका लागि आवेदन परेको छ।


कम्पनीले साउन ५ गते, मंगलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पहिलो चरणमा पुनः प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो।

क्यापिटलका बुधबार साँझसम्ममा ३१ हजार ५ सय जना आवेदकबाट ६६ करोड ६९ लाख १५ हजार ३ सय रूपैयाँ बराबरको ६६ लाख ६९ हजार १ सय ५३ कित्ताका लागि आवेदन परेको छ।

जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं.७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ।

Facebook Comments

हरेक खबर खास खबर