११ कार्तिक २०७८, बिहीबार
गृह कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा
कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

कञ्चनपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ।

सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए।


“आव ०७७/७८ का सडक निर्माण, कालोपत्रेलगायतका चारवटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो”, उनले भने, “त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।” योजनामा अनियमियता भए नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए। रासस

Facebook Comments

हरेक खबर खास खबर