११ कार्तिक २०७८, बिहीबार
गृह सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै उखु किसान फेरि काठमाडौंमा
सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै उखु किसान फेरि काठमाडौंमा

काठमाडौं। उखु किसानहरुले सम्झौता अनुसारको रकम नपाएको भन्दै फेरी काठमाडौं आएका छन्।

चिनी मिलबाट अझै १५ करोड भुक्तानी नपाएपछि सरकारलाई दबाब दिन काठमाण्डौ आउनुपरेको उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले बताए।


गत पुसमा उखु किसानले काठमाडौंमा आन्दोलन गरेपछि चिनी मिलले केही रकम मात्रै भुक्तानी गरेका थिए।

१६ दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच ४ बुँदे सहमति भएको थियो । त्यसअघि २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौता भएको थियो।

माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भए पनि सबै रकम भुक्तानी हुन नसकेको उखु किसानको गुनासो छ ।

Facebook Comments

हरेक खबर खास खबर