८ कार्तिक २०७८, सोमबार
गृह दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतसँग श्रीलङ्का विजयी
दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतसँग श्रीलङ्का विजयी

काठमाडौं। दोस्रो टी–ट्वान्टी क्रिकेटमा भारतसँग घरेलु टिम श्रीलङ्का विजयी भएको छ। कोलम्बोमा गएराति श्रीलङ्काले भारतलाई ४ विकेटले हराएको हो।

भारतले दिएको १ सय ३३ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो। श्रीलङ्काका धनञ्जय डी सिल्भाले ४०, मिनोद भानुकाले ३६ , वानिन्दु हसरङ्गाले १५ तथा चामिका करुनारत्ने १२ र अभिष्का फर्नान्डोले ११ रन बनाए। भारतका कुलदीप यादवले २ विकेट लिए भने भुवनेश्वर कुमार, चेतन शाकरिया, वरुण चक्रवर्ती र दिपक चाहरले १/१ विकेट लिए।


यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो। भारतका कप्तान शिखर धवनले सर्वाधिक ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन। भारतका देवदूत पडिकलले २९ ऋतुराज गायकवाडले २१ र भुवनेश्वर कुमारले १३ रन बनाए।

श्रीलङ्काका अकिला धनञ्जयले २ विकेट लिए भने दुश्मन्था चामिरा, डसुन शनका र वानिन्दु हसरङ्गाले १र१ विकेट लिए। जितसँगै श्रीलङ्काले तीन खेलको श्रृङ्खलामा १–१ को बराबरी गरेको छ। पहिलो खेलमा भारत विजयी भएको थियो।

Facebook Comments

हरेक खबर खास खबर