९ कार्तिक २०७८, मंगलवार
गृह गठबन्धनका शिर्ष नेताको छलफलअघि प्रधानमन्त्री देउवा र प्रचण्डबचि भेटवार्ता, के के भयो कुराकानी?
गठबन्धनका शिर्ष नेताको छलफलअघि प्रधानमन्त्री देउवा र प्रचण्डबचि भेटवार्ता, के के भयो कुराकानी?

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकअघि प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवाको सचिवालयकाअनुसार देउवा–दाहालसहित कांग्रेस र माओवादीका शीर्ष नेताहरुबीच संयुक्त छलफल भएको हो।


छलफलमा एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनर्मोर्चा सरकारमा सहभागी नहुने भएपछि जसपासहित कसले कति मन्त्रालय लिएर मन्त्रिपरिषद् विस्तार गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको बताईएको छ।

छलफल लगत्तै गठबन्धनमा आवद्ध अरू दलका शीर्ष नेताहरुबीच पनि संयुक्त छलफल गरी आजै मन्त्रालय बाडफाँड र सरकारको न्यूनतम साझा कार्यक्रम टुंग्याएर शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको जनाइएको छ।

हाल देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन्। महामारी बढीरहेका बेला स्वास्थ्य, परराष्ट्रलगायतका महत्वपूर्ण मन्त्रालय खाली छन्।

Facebook Comments

हरेक खबर खास खबर