९ कार्तिक २०७८, मंगलवार
गृह मन्त्रिपरिषद् विस्तारअघि माधव नेपालसँग छलफल गर्न कोटेश्वर पुगे प्रचण्ड
मन्त्रिपरिषद् विस्तारअघि माधव नेपालसँग छलफल गर्न कोटेश्वर पुगे प्रचण्ड

काठमाडौ। नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय बाँडफाँटको बारेमा छलफल गरेलगत्तै प्रचण्ड नेपाल निवास पुगेका हुन्।


माधव नेपाल समूहलाई पनि सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धन तयार छ।

तर, पार्टी एकताको टुंगो नलागेसम्म एमालेमै रहेर सरकारमा सहभागी हुन कानूनी जटिलता रहेको नेपालले बताएका छन्।

तत्काल मन्त्री पठाउन नमिले पनि माधव नेपाललाई अन्य राजनीतिक नियुक्तिमा स्थान दिने सहमति गठबन्धनमा भएको श्रोतले बताएको छ।

Facebook Comments

हरेक खबर खास खबर