८ कार्तिक २०७८, सोमबार
गृह गठबन्धनमा मन्त्रालयको भागबण्डा मिल्योः कांग्रेसले ८, माओवादी र जसपाले ७/७ मन्त्रालय पाउने
गठबन्धनमा मन्त्रालयको भागबण्डा मिल्योः कांग्रेसले ८, माओवादी र जसपाले ७/७ मन्त्रालय पाउने

नेपाली काँग्रेस नेतृत्वको गठबन्धन सरकारले गठबन्धनमा रहेका दलहरुका बीचमा मन्त्रालयको भागबण्डा मिलेको छ।

बिहिवार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो।


नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वको कार्यदलले सत्तागठबन्धनमा रहेका दलहरूबीच मन्त्रालय बाँडफाँडको प्रारम्भिक खाका तयार गरेको छ।

संसद् संख्याका आधारमा कार्यदलले कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादीलाई ७ र जसपाले पनि ७ मन्त्रालय पाउने प्रारम्भिक प्रस्ताव तयार गरेको छ।

संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद् रहने ब्यबस्था छ। प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन जनालाई राज्यमन्त्री बनाउने सहमती गठबन्धन दलहरुबिच भएको जसपाका एक नेताले बताए।

मन्त्रालयमा करिब भागबण्डा मिलिसकेपनि कुन मन्त्रालय कसले लिने भन्ने विषय भने टुंगिएको छैन।

माधव नेपाल समूह भने तत्काल सरकारमा नजाने भएको छ। यद्यपि अन्य राजनीतिक नियुक्तिहरुमा नेपाल समुहलाई पनि समेटिने स्रोतले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर