९ कार्तिक २०७८, मंगलवार
गृह एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्ष नजाने
एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्ष नजाने

काठमाडौं। नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्दैछ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्ने बैठकमा केन्द्रीय विभाग पूर्णता, विधान महाविधेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरणका विषयमा छलफल हुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकापिर दिए।


एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ।

पार्टी सदस्यता र नवीकरणको तथा वितरणको विषयमा पनि छलफल हुने जनाइएको छ। कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा उपस्थित हुन नेपाल पक्षलाई पनि खबर गरिएको छ। तर नेपालपक्ष बैठकमा नजाने भएको छ।

Facebook Comments

हरेक खबर खास खबर