१ आश्विन २०७८, शुक्रबार
गृह लुम्बिनीका मुख्यमन्त्री र नवनियुक्त प्रदेश प्रमुखबीच भेटवार्ता
लुम्बिनीका मुख्यमन्त्री र नवनियुक्त प्रदेश प्रमुखबीच भेटवार्ता

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको छ। शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन्।

शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन्। पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको थियो।


शनिबार दिउँसो विपक्षी गठबन्धनले स्वागतसहित तथा सशरीर उपस्थित भएर मौखिक रुपमा आफ्नो बहुमत दाबी गर्ने कार्यक्रम तय भएपछि त्यसअघि प्रदेश प्रमुखलाई भेट्न मुख्यमन्त्री पुगेका हुन्।

भेटमा सरकारले गरेका काम, प्रगति र अहिलेको अवस्थाबारे जानकारी गराएका गराए।

Facebook Comments

हरेक खबर खास खबर