१ आश्विन २०७८, शुक्रबार
गृह एमाले स्थायी कमिटी बैठक स्थगित, आइतबारसम्म विवादको निचोड निकाल्ने गरी प्रयास हुने
एमाले स्थायी कमिटी बैठक स्थगित, आइतबारसम्म विवादको निचोड निकाल्ने गरी प्रयास हुने

काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक आईतबारसम्मका लागि स्थगित भएको छ।

पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरणको जानकारि लिँदै केपी शर्मा ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गर्नुभएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।


उनले अध्यक्ष ओलीले विघटित कार्यदलको प्रगति विवरण सुनेर आइतबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेको बताए।

एमाले उपाध्यक्ष वामदेव गौतमले भने विघटित कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नका लागि समय मागेपछि बैठक स्थगित भएको जानकारी दिए।

आइतबार ३ बजेसम्म विवादको निचोड निकाल्ने गरी प्रयास हुने गौतमको भनाई छ।

Facebook Comments

हरेक खबर खास खबर