१ आश्विन २०७८, शुक्रबार
गृह बुङ्गलमा करेन्ट लागेर एक जनाको मृत्यु
बुङ्गलमा करेन्ट लागेर एक जनाको मृत्यु

बझाङ । बझाङको बुङ्गल नगरपालिकामा एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिबार नगरपालिकाको वडा 2 रैसेल्लिका कलक जाग्रीको बारीमा खुर्सानी टिप्ने क्रममा विद्युत चुहावट भई करेन्ट लागेर मृत्यु भएको बुङ्गल इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्किले जानकारी दिए।


जाग्री विजगडामा बिकास इलेक्ट्रोनिकस नामक पसल सन्चालन गर्दै आएका थिए । करिब २२ वर्षिय जाग्रीको आज बेलुका करिब ५ बजे मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक कार्किले बताए ।

केही समय अघि मात्रै बुङ्गलमा नेपाल विद्युत प्राधिकरणले विद्युत प्रशारण शुरू गरेपनि लाइन बिस्तारकाे काम भने सकेकाे छैन् ।

Facebook Comments

हरेक खबर खास खबर