९ कार्तिक २०७८, मंगलवार
गृह तीन सचिवको सरुवा
तीन सचिवको सरुवा

काठमाडौं। सरकारले तीन सचिवको सरुवा गरेको छ। केही दिन अघिको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको थियो। सरुवा भएका सचिवहरुले आज पत्र बुझेका हुन्।

महालेखा नियन्त्रक मधु मरासिनी अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका छन्। अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्‌को कार्यालयमा तानिएको हो।


मन्त्रिपरिषद्‌मा लगिएकालाई पछि अन्यत्रको जिम्मेवारी दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

Facebook Comments

हरेक खबर खास खबर