९ कार्तिक २०७८, मंगलवार
गृह कोरोनाका कारण त्रिवि लगयात सबै परीक्षा स्थगन गर्ने तयारी, आन्तरिक मुल्यांकनबाट नतीजा
कोरोनाका कारण त्रिवि लगयात सबै परीक्षा स्थगन गर्ने तयारी, आन्तरिक मुल्यांकनबाट नतीजा

काठमाडौं। कोभिड–१९ को जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैखालका परीक्षा स्थगित गर्न प्रस्ताव गर्ने तयारी गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले महामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना विषय सार्वजनिक गर्न आयोजित भर्चुअल पत्रकार सम्मेलन गर्दै परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव अघि सार्ने बताएका हुन्।


निकट भविष्यमा सञ्चालन हुन लागिरहेको कक्षा १२ सहित विभिन्न विश्वविद्यालयका परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न प्रस्ताव लैजाने बताए।

स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिने पनि उनले बताए।

बिशेषगरि कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएपछि सञ्चालन गरिँदै आएका परीक्षा र साउन २० देखि सुरु हुन लागेका विश्वविद्यालयअन्तर्गतका परीक्षा स्थगन गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो।

Facebook Comments

हरेक खबर खास खबर