२२ मंसिर २०७८, बुधबार
गृह मुख्य प्रशिक्षक अलमुताइरीले माफी मागे
मुख्य प्रशिक्षक अलमुताइरीले माफी मागे

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन्।

केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन्।


त्यस अन्तर्वार्तामा आफूले नेपाली राष्ट्रिय टोली, पूर्वखेलाडी तथा प्रशिक्षकको विषयमा बोल्दा केहीलाई चोट पुगेको बताउँदै अलमुताइरीले आज सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन्।

पछिल्ला तीन दशकमा नेपाली फुटबल टोली र अरू एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउनु खोजेको उनले बताए।

Facebook Comments