९ कार्तिक २०७८, मंगलवार
गृह लुम्बिनी सरकार भन्छः सांसदले सरकार फेर्न दिएको निवेदन कानूनविपरीत
लुम्बिनी सरकार भन्छः सांसदले सरकार फेर्न दिएको निवेदन कानूनविपरीत

काठमाडौं। लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनलाई दिएको निवेदन कानूनविपरीत भएको लुम्बिनी सरकारले जनाएको छ।

प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार संविधानको धारा १६८ को १ अनुसार रहेको र सरकारमा सहभागी अर्को दलका सांसदहरुको पद सर्वोच्चबाट तत्कालका लागि अन्तरकालीन आदेशबाट थमौती भएपनि अन्तिम फैसला आउन बाँकी रहेकाले अहिलेको माग अनुपयुक्त भएको बताएका हुन्।


सरकारमा सहभागी दलका सांसदहरुको विषयमा सर्वोच्चमा मुद्दा चलिरहेको समयमा नयाँ सरकार गठनको माग ल्याउनु कानूनविपरीत भएको उनको भनाइ छ।

विपक्षी दलले प्रदेश प्रमुखलाई संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन माग गर्दै सोमबार निवेदन दिएका थिए।

Facebook Comments

हरेक खबर खास खबर