११ कार्तिक २०७८, बिहीबार
गृह जसपा आधिकारिकताको निर्णय बदर गर्नेबारे ठाकुरको निवेदन हेर्न नभ्याइनेमा
जसपा आधिकारिकताको निर्णय बदर गर्नेबारे ठाकुरको निवेदन हेर्न नभ्याइनेमा

जनता समाजवादी पार्टी विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदन हेर्न नभ्याइनेमा राखिएको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबारका लागि पेसी तोकिए पनि उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।


निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए।

रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ।

यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

उनले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर