९ कार्तिक २०७८, मंगलवार
गृह पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश
पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

काठमाडौं। माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पूर्व माओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।


स्पष्टीकरणको मौका दिई सांसद पदबाट हटाएको देखिएको भन्दै सर्वोच्चले अन्तिम सुनुवाइका बेला बाँकी विवाद निरुपण हुने भनी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्चमा दायर रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै कारबाही खारेज हुनुपर्ने माग दाबी गरिएको थियो।

Facebook Comments

हरेक खबर खास खबर