९ कार्तिक २०७८, मंगलवार
गृह एमालेमा ९ वटा विभाग गठन, कसलाई के जिम्मेवारी?
एमालेमा ९ वटा विभाग गठन, कसलाई के जिम्मेवारी?

काठमाडौं। नेकपा एमालेको स्थायी किमटी बैठकले बिभिन्न ९ वटा विभागहरु गठन गरेको छ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले संगठन विभाग प्रमुखमा विष्णु पौडेल र स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ।


त्यस्तै निर्वाचन विभागको प्रमुखमा अग्नि खरेललाई नियुक्त गरिएको छ।

त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर