११ कार्तिक २०७८, बिहीबार
गृह अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पूर्व कप्तान पारस खड्काको घोषणा
अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको पूर्व कप्तान पारस खड्काको घोषणा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। मंगलबार उक विज्ञप्ती प्रकासित गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

सन् २००९ मा कप्तान भएका खड्काले २०१९ मा कप्तानी छोडेका थिए।


सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । साथै खड्काले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि रहेको जनाएका छन्।

Facebook Comments

हरेक खबर खास खबर