९ कार्तिक २०७८, मंगलवार
गृह परीक्षा बोर्ड भन्छः कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुन्छ, हल्लाको पछि नलागौँ
परीक्षा बोर्ड भन्छः कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुन्छ, हल्लाको पछि नलागौँ

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेकाले हल्लाको पछि नलाग्न आग्रह गरेको छ।

कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारि दिए।


मंगलबार कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो। तर बोर्डले भौतिक रुपमै परीक्षा हुने जनाएको छ।

परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न उनको आग्रह छ।

गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर