९ कार्तिक २०७८, मंगलवार
गृह क्रियाशील सदस्यता सम्बन्धी विवाद आज टुङ्ग्याउँदै कांग्रेस
क्रियाशील सदस्यता सम्बन्धी विवाद आज टुङ्ग्याउँदै कांग्रेस

काठमाडौं। नेपाली काँग्रैसले पार्टीभित्र रहेको क्रियाशिल सदस्यता विवाद आज टुङ्ग्याउने भएको छ। साउन १४ गते बसेको पदाधिकारी बैठकले विवादलाई समझदारी कायम गरेर निरूपण गर्ने जिम्मा शीर्ष नेताहरूलाई दिएको थियो।

रसुवा, सिन्धुपाल्चोकसँगै धनुषा निर्वाचन क्षेत्र नम्बर ४, सर्लाही निर्वाचन क्षेत्र नम्बर २, बारा र सप्तरीमा क्रियाशील सदस्यताबारे विवाद छ।


नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले यी स्थानहरूको विवाद निरूपण नगरी संशोधनसहित प्रतिवेदन बुझाइसकेको छ।
प्रतिवेदनमा नेता कल्याणकुमार गुरूङको नोट अफ डिसेन्ट छ।

क्रियाशील सदस्यता टुंगिएपछि मात्रै कांग्रेसको निर्वाचन समितिले महाधिवेशनको प्रक्रियागत काम अगाडि बढाउने हुन्छ। महाधिवेशन आउन भने २९ दिन बाँकी छ। तर, निर्वाचन समितिले वडा तहदेखि निर्वाचन गर्न सकेको छैन।

कार्यतालिकाअनुसार १२ साउनदेखि वडा तह र १६ साउनदेखि पालिका तहको निर्वाचन गर्नुपर्नेमा दुवै तहको निर्वाचन भएन। जसको मूल कारण क्रियाशील सदस्यता नटुङ्गिनु नै हो।

यसले गर्दा तल्लो तहको निर्वाचन निर्धारित कार्यतालिकाअनुसार नभएपछि १६ भदौदेखि गर्ने भनिएको महाधिवेशन सर्ने निश्चित भएको छ।

Facebook Comments

हरेक खबर खास खबर