८ कार्तिक २०७८, सोमबार
गृह लुम्बिनी प्रदेश सरकार तेश्रो पटक विरुद्ध अविश्वास प्रस्ताव दर्ता
लुम्बिनी प्रदेश सरकार तेश्रो पटक विरुद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज दिउँसो ३ बजेर ५० मिनेटमा प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री बिरुद्ध तेश्रो पटक अविश्वासको प्रस्ताव दर्ता भएको हो।

संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो।


संविधानको धारा १६८ को १ अनुसार एकल बहुमतको आधारमा बनेको सरकार अल्पमतमा रहेकाले विश्वास नभएको प्रस्तावमा उल्लेख छ। अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुले हस्ताक्षर गरेका छन्।

जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ। केसी माओवादी केन्द्रका संसदीय दलका नेता हुन्।
नेकपा विभाजनपछि सबैभन्दा पहिले वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

उक्त प्रस्तावपछि प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा प्रदेश सभा बैठकको आह्वान गरेका थिए । यद्यपि वैशाख १९ मा मुख्यमन्त्रीले पदबाट राजीनामा दिँदै सो अविधेशन बस्दै नबसी अन्त्य गनुृभएको थियो।

वैशाख २६ मा विपक्षी गठबन्धनले दोस्रोपटक अविश्वासको मत र प्रदेश सभाका लागि समावेदन गरेका थिए। त्यसबेला भने प्रदेश प्रमुखले औचित्य नरहेको भन्दै खारेज गरिदिएका थिए।

हाल लुम्बिनी प्रदेश सभामा कायम ८० जना सदस्यहरुमध्ये माओवादी १७, कांग्रेसका १९, जसपाका ३ र राजमोका एक गरी ४० सदस्य छन्। माओवादी केन्द्रका पूर्णबहादुर घर्ती भने सभामुख छन्।

सरकार बनाउन ४१ सदस्य आवश्यक पर्ने भएपनि यसअवस्थामा सत्तापक्ष र विपक्ष दुवैको सरकार बनाउने स्पष्ट बहुमत भने देखिएको छैन।

 

Facebook Comments

हरेक खबर खास खबर